काठमाडौं । मंगलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली बुधबार साँझदेखि बाहिरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले उक्त प्रणाली बाहिरिएको र पश्चिमी वायुको प्रभाव कायम रहेकाले कतैकतै उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य असर देखिने भए पनि भोलिदेखि मौसम खुल्ने बताए ।
उनले चिसो भने केही दिन रहनसक्ने बताउँदै अब अर्को प्रणाली नआएसम्मलाई मौसम खुल्ने जानकारी दिए ।
उक्त प्रणालीले बुधबार काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा गराएको छ । विशेषगरी यो प्रणालीले मधेस र कोसी प्रदेशलाई सामान्यभन्दा छुन सकेन ।
उक्त प्रणलीले काठमाडौंमा २.२, ललितपुर ४.८ र भक्तपुरमा समाान ४.८ मिलिमिटर वर्षा गराएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी सुर्खेतमा ४३ मिलिमिटर वर्षा भएको छ ।