Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चार्ल्स शोभराजले फोटो खिचेको पनि पैसा लिने गरेको चक्रेको खुलासा

चार्ल्स शोभराजले फोटो खिचेको पनि पैसा लिने गरेको चक्रेको खुलासा

बिहिवार , माघ १५, २०८२

काठमाडौं । नेकपा एमाले गोरखाको क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार चक्रे मिलन (मिलन गुरुङ) ले चर्चित सिरियल किलर फ्रान्सेली नागरिक चार्ल्स शोभराजले फोटो खिच्नसमेत पैसा लिने गरेको खुलासा गरेका छन् ।

चक्रे मिलनले जेलमा सँगै बसेको अनुभव सुनाउँदै शोभराजले फोटो खिच्नसमेत पैसा लिने गरेको बताएका हुन् । उनले जेल जीवनका अनुभव सुनाउँदै शोभराजको व्यवहार आफूलाई निकै अनौठो लागेको उल्लेख गरे ।

‘म जेल बस्दा याद आउँछ,’ चक्रे मिलनले भने, ‘चार्ल्स शोभराजले फोटो खिच्दासमेत पैसा माग्थ्यो। मलाई अचम्म लाग्यो ।’ उनका अनुसार त्यसबारे जिज्ञासा राख्दा शोभराजले अनौठो तर्क प्रस्तुत गरेका थिए ।

‘मैले किन पैसा लिन्छौ भनेर सोध्दा उसले भन्यो — हाम्रो चिज जो पायो त्यहीँले खिच्न पाउँछ ?, त्यो चिज पनि उनीहरुको प्रोफेसनल हो नि त,’ चक्रे मिलनले स्मरण गरे । नेपालमा १९ वर्ष कैद सजाय काटेर शोभराज दुई वर्षअघि जेलमुक्त भएका थिए ।

शोभराजमाथि ४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्या गरेको अभियोग लागेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077