Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

'गुण्डा नाइके' चक्रे मिलनलाई गोरखा-२ मा उम्मेदवार बनाउने एमालेको निर्णय

'गुण्डा नाइके' चक्रे मिलनलाई गोरखा-२ मा उम्मेदवार बनाउने एमालेको निर्णय

आइतवार , माघ ४, २०८२

काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा–२ मा मिलन गुरुङ उर्फ चक्रे मिलनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याउने क्रममा गोरखा–२ मा गुण्डा नाइके गुरुङलाई अघि सारेको हो ।

सचिवालय बैठकले केही निर्वाचन क्षेत्रमा उम्मेदवार चयनको प्रक्रिया बाँकी राखे पनि गोरखा जिल्लाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार निश्चित गरेको छ।

गोरखा–१ मा भने एमालेले आरसी लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077