Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

चक्रे मिलन गोरखा–२ बाट एमालेको उम्मेदवार सिफारिस, जनताले संसद बनाउनेमा ढुक्क रहेको दावी

चक्रे मिलन गोरखा–२ बाट एमालेको उम्मेदवार सिफारिस, जनताले संसद बनाउनेमा ढुक्क रहेको दावी

शुक्रवार , पौष १८, २०८२

काठमाडौं । गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलन गोरखा क्षेत्र नं–२ मा नेकपा एमालेबाट उम्मेदवार सिफारिस भएका छन्। फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि उनी सिफारिस भएका हुन् ।

निर्वाचन क्षेत्र समन्वय कमिटि क्षेत्र नम्बर २ का अध्यक्ष देवीबहादुर बस्नेतका अनुसार उक्त क्षेत्रबाट दिनेशचन्द्र देवकोटा, मिलन गुरुङ, कोपिला कुमालको नाम सिफारिस भएको छ ।

उम्मेदवार सिफारिस भएपछि उनले आफ्नो इच्छाभन्दा पनि जनसमुदाय र जेनजी पुस्ताको निरन्तर माग र दबाबका कारण भएको दावी गरेका छन् ।

गुण्डानाइके रुपमा परिचित उनी वि.सं. २०५० सालदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय छन् ।

पाखुरामा सूर्यको ट्याटु हानेका चक्रे यसअघिको निर्वाचनमा एमालेबाट गोरखाको प्रदेशमा चुनावमा समेत सिफारिस भएका थिए । यद्यपी पछि उनले टिकट पाएनन् ।

अहिले फेरि प्रतिनिधिसभामा सिफारिस भएका छन् । टिकट पाउँछन् वा पाउँदैनन् त्यो भने समयले नै बताउने छ । आफूमाथि लागेको गुण्डाको आरोप बारे उनले खण्डन गर्दै आएका छन् ।

उनी भन्छन्–‘लामो समयदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएको छु । यसैक्रममा कहिलेकाहीँ आफूलाई ‘गुण्डा’ जस्ता आरोप लगाएर दुःख दिने प्रयास भएको छ । तर एक साधारण नागरिकका रूपमा समाजसेवामै समर्पित रहेको हु । म समाजको सेवा गर्छु भन्न पनि नपाइने अवस्था बनाइयो ।’

समाजका विभिन्न क्षेत्रमा निरन्तर योगदान दिँदै आएको कारण गोरखाली जनताले आफूलाई जिताएर संसदमा पठाउनेमा आफू ढुक्क रहेको उनको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077