Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

निर्वाचन प्रयोजनार्थ भारतद्धारा नेपाललाई २५० वटा गाडी र सुरक्षा सामग्री सहयोग

निर्वाचन प्रयोजनार्थ भारतद्धारा नेपाललाई २५० वटा गाडी र सुरक्षा सामग्री सहयोग

बिहिवार , माघ १५, २०८२

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भारत सरकारले नेपाललाई सुरक्षा सामग्री तथा सवारीसाधन सहयोग गरेको छ ।

बिहीबार अर्थ मन्त्रालयमा एक कार्यक्रमबीच भारतीय दुतावासले दङ्गा नियन्त्रण उपकरण र विभिन्न सवारी साधनहरू हस्तान्तरण गरेको हो ।

कार्यक्रममा अर्थमन्त्री खनालले बजेटमा निर्वाचनका लागि पर्याप्त व्यवस्था नभएको अवस्थामा भारतले गरेको यो सहयोगले नेपालको लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन महत्वपूर्ण भुमिका खेल्ने बताए ।जनआन्दोलनका क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका धेरै सवारी साधनहरू क्षतिग्रस्त भएको सन्दर्भमा यी नयाँ सवारी साधनहरूले सुरक्षा निकायको कार्यक्षमता बढाउने विश्वास व्यक्त गरिएको छ ।

अर्थमन्त्रीकाअनुसार यी सामग्रीहरू सरकार आफैंले खरिद गर्नुपरेको भए राज्यलाई ठूलो आर्थिक भार पर्ने थियो । जसलाई भारतीय सहयोगले न्युनिकरण गरेको छ ।

उनले भने- 'नेपाललाई संकट पर्दा भारत सधैँ पहिलो सहयोगीका रूपमा उभिएको छ, चाहे त्यो भूकम्पको समयमा होस् वा अहिले निर्वाचनको पूर्वसन्ध्यामा ।'

नेपाल र भारतबिचको सम्बन्ध छिमेकी मात्र नभई एक भरपर्दो विकास साझेदारको समेत रहेको उल्लेख गर्दै अर्थमन्त्री खनालले भविष्यमा यो मित्रता अझ मजबुत हुने विश्वास व्यक्त गरे ।

अर्थ मन्त्रालयले निर्वाचन प्रयोजनका लागि वस्तुगत सहायताअन्तर्गत भारत सरकारसँग गाडी माग गरेको थियो । उक्त प्रस्तावअन्तर्गत भारतले नेपाल सरकारलाई उपहार स्वरुप दोस्रो चरणमा ६ सय ५० सवारीमध्ये २ सय ५० ओटा सवारी साधन उपलब्ध गराएको हो । भारतले अझै सानाठूला गरी ३३५ वटा गाडी उपलब्ध गराउने बताइएको छ ।

यसअघि माघ ६ पहिलो चरणमा गृह मन्त्रालयलाई ६१ वटा क्याबिन पिक भ्यान हस्तान्तरण गरेको थियो ।

भारतले निर्वाचन सम्पन्न गर्नको लागि नेपाल सरकारलाई सवारी लगायतका निर्वाचन सामाग्रीहरु सहयोग गर्दै आइरहेको छ । सन् २००८ यता मात्र भारत सरकारले नेपाल सरकालाई २ हजार ४ सय भन्दाबढी सवारी साधन सहयोग गरिसकेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077