Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

यी निर्माण व्यवसायी र आपूर्तिकर्तामाथि कारबाही प्रक्रिया अघि बढ्यो

यी निर्माण व्यवसायी र आपूर्तिकर्तामाथि कारबाही प्रक्रिया अघि बढ्यो

शुक्रवार , माघ १६, २०८२

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायसँग ठेक्का सम्झौता गरी निर्धारित समयमै काम सम्पन्न नगर्ने तथा कार्य सम्पादनमा गम्भीर लापरबाही गर्ने निर्माण व्यवसायी र आपूर्तिकर्तामाथि कालोसूचीमा राख्ने प्रक्रिया सुरु गरेको छ ।

कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित कम्पनीहरूलाई तोकिएको समयभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।

सूचना अनुसार कालोसूचीमा राखिने सूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आफ्नो स्पष्टीकरण सार्वजनिक खरिद अनुगमन कार्यालयमा लिखित रूपमा पेस गर्नुपर्नेछ।

कार्यालयले तोकिएको समयसीमाभित्र स्पष्टीकरण पेस नगरेमा वा पेस गरिएको स्पष्टीकरण सन्तोषजनक नदेखिएमा सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम कडा कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।

621998043_1235569021852381_889287759682977022_n

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077