Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

क्षितिज थेबेको प्रश्न- भावी प्रधानमन्त्रीका दावेदारहरूको लिपुलेकबारे स्टेटमेन्ट के हो ?

क्षितिज थेबेको प्रश्न- भावी प्रधानमन्त्रीका दावेदारहरूको लिपुलेकबारे स्टेटमेन्ट के हो ?

शुक्रवार , माघ १६, २०८२

काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेबेले भावी प्रधानमन्त्रीका दावेदारहरूले राष्ट्रिय हितका संवेदनशील विषयमा स्पष्ट स्टेटमेन्ट दिनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौं आयोजित राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थेबेले रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहलाई लिपुलेक, लिम्पियाधुरा र कालापानी र लिपुलेकबारे आधिकारिक धारणा सार्वजनिक गर्न चुनौती दिएका हुन् ।

लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको नक्सामा समावेश गर्ने काम एमालेले गरेको दाबी गर्दै थेबेले प्रश्न गरे- 'हुनेवाला प्रधानमन्त्रीको लिपुलेक, कालापानी र लिम्पियाधुराबारे स्टेटमेन्ट के हो ?'

थेबेले नयाँ भनिएका राजनीतिक दलहरूसँग ठोस नीति, दृष्टिकोण र एजेण्डा नदेखिएको टिप्पणी पनि गरे ।

उनले थप भने- 'राणा कालमा ६ प्रतिशत नागरिकले मात्र बिजुली पाएका थिए, आज हामीले ९८ प्रतिशत नागरिकलाई विद्युत् पहुँचमा पुर्‍याएका छौँ भ्रष्टाचारमा शून्य सहनशीलताका साथ अगाडि बढेका छौँ । विद्यालयहरुमा आइटीको विकास गरिएको छ ।'

एमालेको नेतृत्वको सरकारले मुलुकमा विद्युत् विस्तार, शिक्षा र सुशासनका क्षेत्रमा उल्लेखनीय काम गरेको थेबेको दाबी छ ।

यस्तै पार्टी केन्द्रीय सदस्यका रूपमा जिम्मेवारी सम्हालिसकेका तथा ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहिसकेका थेबेले संगठनको नेतृत्वबाट अलग हुने तयारी गरेका छन्।

थेबे गत जेठ महिनामा पोखरामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट दोस्रो कार्यकालका लागि अध्यक्ष चयन भएका थिए। संगठनात्मक निरन्तरता कायम राख्ने क्रममा उनको बहिर्गमनपछि हालका उपाध्यक्ष महाराज गुरुङलाई अध्यक्षको जिम्मेवारी दिने तयारी रहेको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077