Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेस सभापति थापा भन्छन्- आगामी स्थानीय तह निर्वाचन अघि १५औं महाधिवेशन हुन्छ 

कांग्रेस सभापति थापा भन्छन्- आगामी स्थानीय तह निर्वाचन अघि १५औं महाधिवेशन हुन्छ 

शनिवार , माघ १७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशससभा निर्वाचन अघि पार्टीको १५औं महाधिवेशन हुने बताएका छन्।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

थापाले आगामी निर्वाचनमा ‘प्राइमरी इलेक्सन’ मार्फत् वडाबाटै उम्मेदवार चुनिने अब कांग्रेसमा उम्मेदवारको टिकटका लागि आकांक्षी कसैले पनि सभापति र महामन्त्रीको घर धाउनु नपर्ने जिकिर गरे।

उनले भने- 'अब नयाँ स्थानीय चुनाव र प्रदेशको चुनावभन्दा अगाडि पार्टीको अधिवेशन भइसक्छ । पार्टीभित्र उम्मेदवारको टिकट प्राइमरीबाट वडाका साथीहरूले छान्नुहुन्छ । अब कसैले पनि पार्टी सभापतिको घर धाउनु पर्दैन। कसैले पनि पार्टी महामन्त्रीको घर धाउनु पर्दैन।'

सभापति थापाले कांग्रेसमा गुटबन्दीसँगै ६०–४० को भागबण्डाको पनि अन्त्य भएको दाबी गरे।

उनले भने- 'यो पार्टीमा कुनै गुट पनि छैन अब। यो पार्टीभित्र हिजोको जस्तो ६०–४० पनि सकियो । यहाँ कुनै भागबण्डा छैन। कांग्रेसले पार्टीभित्र पनि भागबण्डा गर्दैन, बाहिर पनि गर्दैन। सबैलाई समान व्यवहार गर्ने गरीकन पार्टी चल्छ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077