Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

अपराधीहरु पक्राउ नपर्दा काठमाडौंमा बढ्यो लुटपाट, प्रहरीकै घर पनि चोरहरूको निसानामा

अपराधीहरु पक्राउ नपर्दा काठमाडौंमा बढ्यो लुटपाट, प्रहरीकै घर पनि चोरहरूको निसानामा

शनिवार , माघ १७, २०८२

काठमाडौं । जेनजी आन्दोलनको आवरणमा लुटपाट गर्नेहरु पक्राउ नपर्दा काठमाडौं उपत्यकामा चोरी, लुटपाट लगायत अपराध बढेका छन् ।

आन्दोलनमा बैंकदेखि क्यासिनोसम्म लुटपाट गर्नेहरु अझै पक्राउ परेका छैनन्। उनीहरु फेरि संगठित भई अपराधमा सक्रिय हुन थालेका छन्। 

आन्दोलनमै हिरासतबाट भागेका विनय तामाङको समूहले दुई जना भन्दा धेरैलाई लुटपाट गरेको हालै बाहिर आइसकेको छ। त्यो समूह पक्राउ परेपनि त्यस्ता अन्य समूहहरु अझै प्रहरी नियन्त्रणमा आउन सकेको छैन । जसकारण चोरी र लुटपाटको आतंक छ।

कतिसम्म भने प्रहरीकै घरमा समेत चोरी हुन थालेको छ। स्रोतका अनुसार जिल्ला प्रहरी परिसर, काठमाडौंमा कार्यरत एक डिएसपीकै घरमा चोरी भएको छ। चोरीका घटना व्यापक भएपनि प्रहरीले त्यसलाई बाहिर ल्याएको छैन । 

आन्दोलनमा हायत होटलको क्यासिनो प्राइडमा मात्र १४ करोड रुपैयाँ बराबरको लुटपाट भएको थियो। त्यसमा संलग्न सबैको अनुहार सिसिक्यामेरामै देखिएकाले प्रहरीले पहिचान समेत गरिसकेको छ।

तर, गिरोहका मुख्य नाइकेहरू अझै पक्राउ पर्न प्रहरीले सकेको छैन । त्यसका काभ्रेली समूहका गुन्डागर्दीमा संलग्नहरू धेरै जना छन्।   गुन्डागर्दीमा संलग्नहरु फेरि राजनीतिक आवरणमा सक्रिय हुन थालिसकेका छन्। 

जेलबाट भागेका चार हजार भन्दा धेरै कैदीहरु समेत पक्राउ परेका छैनन्। त्यस्तै, चार सय भन्दा धेरै हतियार समेत फिर्ता हुन सकेको छैन । जसकारण चुनावको समयमा अपराधका घटना अझै बढ्न सक्ने जोखिम देखिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077