Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रियसभामा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्- तोकिएकै समयमा निष्पक्ष निर्वाचन हुन्छ

राष्ट्रियसभामा पहिलो सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्- तोकिएकै समयमा निष्पक्ष निर्वाचन हुन्छ

सोमवार , माघ १९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको बैठकलाई पहिलोपटक सम्बोधन गरेकी छिन् ।

बैठकलाई सोमबार पहिलोपटक सम्बोधन गर्दै उनले तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभाको निर्वाचन हुने विश्वास व्यक्त गरेकी छिन् । 

यही ४ माघदेखि सुरु भएको सभाको १९औँ अधिवेशनअन्तर्गतको पाँचौँ बैठकमा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्दै सरकारका प्राथमिकताका रूपमा रहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी र सुशासनका क्षेत्रमा भइरहेका कामबारे सदस्यहरूलाई जानकारी गराइन्। 

उनले भनिन्- 'सार्वजनिक निकायका कामकारबाहीलाई पारदर्शी र उत्तरदायी बनाई भ्रष्टाचार न्यूनिकरणमा पूर्ण प्रतिबद्धताका साथ सरकार लागिपरेको छ । भ्रष्टाचार न्यूनिकरणसम्बन्धी रणनीतिक योजना तथा प्रविधिमा आधारित सुशासनको मार्गचित्र तयारीको कार्य अन्तिम चरणमा पुगेको छ । अगामी २१ फागुनमा हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि उम्मेदवारको मनोनयन सम्पन्न भएको छ । राज्यका स्रोत साधन निर्वाचनमा केन्द्रित भएका छन् । जेनजी विद्रोहका क्रममा लुटिएका हतियारमध्ये अधिकांश बरामद भइसकेको र सुरक्षाको पूर्ण प्रत्याभूति गरिएको छ । एकीकृत निर्वाचन सुरक्षा योजना सुदृढ गरी कार्यान्वयनमा ल्याइएको छ । सबै सुरक्षा निकाय परिचालित गरिएको छ । यो निर्वाचन सदनमा जनप्रतिनिधि पठाउने प्रक्रिया मात्र होइन । यो नेपालको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्दछ भन्ने मेरो सविनय आग्रह छ ।'

उनले आफू कुनै शासकीय आकांक्षा बोकेर नभई विषम परिस्थितिमा प्रधानमन्त्री भएकाले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचनबाट बन्ने नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न आफू आतुर रहेको पनि स्पष्ट पारिन् ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको अवस्थामा गठित अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले राष्ट्रियसभाको हालै भएको निर्वाचनमा विजयी सदस्यहरूलाई बधाई पनि दिइन् । 

साथै प्रधानमन्त्री कार्कीले ‘विकास, आर्थिक मामिला तथा सुशासन’ समितिका सभापति कमला पन्तबाट प्रस्तुत ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथिको छलफलमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ पनि दिइन् । 

(पूर्णपाठ)

Parliament-speech-final-1.pdf :To download file click here

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077