Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जनताले फैसला गरिसके, अब परिवर्तन रोकिन्न : प्रधानमन्त्री कार्की

जनताले फैसला गरिसके, अब परिवर्तन रोकिन्न : प्रधानमन्त्री कार्की

बिहिवार , चैत्र १२, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै हालै सम्पन्न निर्वाचनले परिवर्तनको पक्षमा स्पष्ट जनादेश दिएको बताएकी छन् ।

बिहीबार साँझ सरकारी निवास बालुवाटारबाट राष्ट्रलाई सम्बोधन गर्दै उनले मुलुक नयाँ दिशातर्फ अघि बढेको संकेत गरिन् ।

प्रधानमन्त्री कार्कीले लामो समयदेखि कायम रहेको “कुनै दलले बहुमत ल्याउन सक्दैन” भन्ने भाष्यलाई जनताले मतदानमार्फत गलत साबित गरिदिएको उल्लेख गरिन् ।

उनले यो परिणामलाई राजनीतिक स्थायित्व र निर्णायक नेतृत्वतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरिन्।उनले युवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारले जनताको आकांक्षाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

विशेषगरी जेनजी आन्दोलनबाट उठेका मुद्दाहरूलाई सम्बोधन गर्दै सरकारले सुशासन, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण, आर्थिक विकास र सामाजिक न्यायका क्षेत्रमा परिणाममुखी काम गर्ने विश्वास दिलाइन्।

'जनताको अपेक्षा ठूलो छ, र हाम्रो जिम्मेवारी अझ ठूलो,' प्रधानमन्त्री कार्कीले भनिन्,'सरकार जनताको विश्वासलाई नतिजामा रूपान्तरण गर्न दृढतापूर्वक लाग्नेछ।'

उनले पाएको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गर्न सरकारको नेतृत्वबाट बिदा हुन पाएको भन्दै खुसी व्यक्त गरिन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077