Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वप्रधानमन्त्री कार्कीको बालेनलाई सुझाव - जोशमा होस पुर्‍याएर काम गर्नू

पूर्वप्रधानमन्त्री कार्कीको बालेनलाई सुझाव - जोशमा होस पुर्‍याएर काम गर्नू

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई दिँदै संयम र जिम्मेवारीका साथ काम गर्न सुझाव दिएकी छन्।

सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै कार्कीले ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीका रूपमा पाउँदा आफू हर्षित भएको उल्लेख गरेकी छन्।

उनले नयाँ नेतृत्वप्रति आशा व्यक्त गर्दै जनताको विश्वासलाई सही ढंगले सम्बोधन गर्न आग्रह गरिन्।

कार्कीले आफ्नो सन्देशमा लेखेकी छन्, 'नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई। ३५ वर्षीय युवालाई आफ्नो उत्तराधिकारीकारूपमा पाउँदा मलाई थप हर्षित बनाएको छ। जोस होसको सन्तुलन मिलाएर जनादेशको सम्बोधन गर्न सफलता मिलोस्। अपारशुभकामना।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077