Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार गोविन्दनारायणले दिए राजीनामा

प्रधानमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार गोविन्दनारायणले दिए राजीनामा

शुक्रवार , चैत्र ६, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीका जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिनाले राजीनामा दिएका छन्। 

चैत२ मा प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका उनले आफूले दिएको अवसरप्रति प्रधानमन्त्री कार्कीलाई धन्यवाद व्यक्त गरेका छन्।

राजीनामाबारे जानकारी दिँदै- 'अभूतपूर्व कठिन परिस्थितिमा पनि समस्त नेपालीको आशापुञ्ज बनेर हामीलाई विश्वाश र नेतृत्व गर्नु हुने सम्माननीय प्रधानमन्त्री कार्कीप्रति कृतज्ञता व्यक्त गर्दछु ।'

यसअघि मुख्य सल्लाहकार अजयभद्र खनालले पनि फागुन २९ गते राजीनामा दिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए।

फागुन २१ गते निर्वाचन सम्पन्न भएसँगै प्रधानमन्त्री कार्कीको बिदाई हुने मिति नजिकिँदै छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बहुमत प्राप्त गर्दै नयाँ सरकार गठनको तयारी गरेको छ।

चैत १२ गते नवनिर्वाचित सांसदहरूले शपथ लिने र चैत १३ गते रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह प्रधानमन्त्री नियुक्त हुने तयारी भइरहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077