काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की आफ्नो जिम्मेवारी पूरा गरी फर्किएकी छन्।
उनी शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साहको शपथग्रहणपछि निजी निवास टोखा नगरपालिका ४ सूर्योदय टोल फर्किएकी हुन्।
शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन ले प्रधानमन्त्री जिम्मेवारी सम्हालेपछि उनी बिदाइ भएकी हुन्।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको थियो ।
त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई भदौ २७ गते प्रधानमन्त्री बनाएका थिए ।
प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनले फागुन २१ गते चुनाव गराउने घोषणा गरेकी थिइन ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा २७५ सिटमध्ये रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी १८२ सिट प्राप्त गरेको थियो ।
दुई तिहाई नजिक सिट प्राप्त गरेपछि रास्वपाले आज आफ्नो सरकार बनाएपछि उनी बिदा भएकी हुन् । कार्की नेपालकी पहिलो पूर्वप्रधानन्यायाधीश समेत हुन् ।