Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुलमान, महावीर, जगदीश र बब्लुलाई मन्त्री बनाउन जेनजीको ठूलो प्रेसर थियो: प्रधानमन्त्री कार्की

कुलमान, महावीर, जगदीश र बब्लुलाई मन्त्री बनाउन जेनजीको ठूलो प्रेसर थियो: प्रधानमन्त्री कार्की

सोमवार , माघ १९, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीबाट राजीनामा गरेर निर्वाचनमा उम्मेदवार बनेकाहरूलाई मन्त्री बनाउनका लागि जेनजीका अगुवाहरूले दबाब दिएको बताएकी छन् ।

अन्तरिम सरकारमा मन्त्री भएकाहरू अहिले चुनावमा उम्मेदवार रहेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै जेनजीको दबाबमा उनीहरूलाई मन्त्री बनाएको र राजनीति गर्न मन्त्री पदबाट बिदा गरिएको बताएकी हुन्।

कुलमान घिसिङ, महावीर पुन, जगदीश खरेल र बब्लु गुप्ताले मन्त्रीबाट राजीनामा दिएर फागुन २१ को चुनावका लागि उम्मेदवारी दिएका छन्।

प्रधानमन्त्री कार्कीले भनिन्- 'यहाँहरूलाई थाहा होला कि भदौ २७ गते शपथग्रहण गरेपछि मन्त्रिपरिषद् गठन भएन । हामी राजनीतिक दलको मान्छे होइन । हामीले बाहिरबाट खोज्नुपर्ने अवस्था आयो अन्तरिम सरकारको लागि । हामीलाई जेनजीको ठूलो प्रेसर थियो । जेनजीको मान्छेहरू ल्याउ मन्त्रीमा भनेर आयो । त्यसमा महावीर पुन, कुलमान घिसिङको नाम आयो । जेनजीको प्रेसर के थियो भने यिनीहरूले तिमीहरूले लिनैपर्छ । कुलमानलाई लिनैपर्छ, पुनलाई लिनैपर्छ सञ्चारमन्त्री तिनीहरूलाई पनि लिनैपर्छ भन्ने थियो ।'

जेनजीको प्रेसर छ भनेर आफूले नै उनीहरूलाई मन्त्री हुन आग्रह गरेको पनि प्रधानमन्त्री कार्कीले बताइन्।

उनले भनिन्- 'जगदीश, बब्लु युवा छन्। उनीहरू चुनावमा जान पाउँदैनन् भन्ने मलाई लाग्दैन। उनीहरूलाई दोष नलगाउनुस् । ‘उनीहरूले बेइमानी गरेका छैनन्। राजनीतिमा जान सक्छन्। यहाँहरूलाई खुलाइदिएँ- जेनजीको प्रेसर थियो उहाँहरूलाई मन्त्री बनाउने। उनीहरूको प्रेसर थियो हामी चाहेका बेला निस्केर जान्छौं भन्ने। '

महावीर पुनलाई सुदन गुरूङले अँगालो हालेर ल्याएको पनि उनले बताइन्।

उनले भनिन्- 'शिक्षामन्त्रीबाट राजीनामा दिएका पुन रिसाएर हिँडेको पनि प्रधानमन्त्री कार्कीले बताइन् । पुन त रिसाएर हिँड्नुभएको हो । दुई(चार कानुन बनाउन भन्नुभएको थियो । ती कानुन राम्रै थियो । तर हामीले यो छोटो समयमा कानुन बनाएर सहयोग गर्न उहाँलाई सकेनौं। मुलुककै लागि थियो तर उहाँलाई सहयोग गर्न सकेनौं अनेक परिस्थिति हुन्छ ।'

आफूले हातै जोडेर उनीहरूलाई सरकारमा ल्याएको प्रधानमन्त्री कार्कीको भनाइ थियो । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077