Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

टर्किस एयरको इन्जिनमा आगो, कोलकातामा आपतकालीन अवतरण

टर्किस एयरको इन्जिनमा आगो, कोलकातामा आपतकालीन अवतरण

बुधवार , माघ २१, २०८२

टर्किस एयरको इन्जिनमा आगो, कोलकातामा आपतकालीन अवतरण 


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केहीबेरमै टर्किस एयरको विमानमा समस्या देखिएको छ। 

बुधबार दिउँसो १ बजेर २८ मिनेटमा टर्कीको इस्तानबुलका लागि उडेको विमानको दुई मिनेटमै एउटा इन्जिन फेल भएको थियो। उडेलगत्तै एउटा इन्जिनमा आगो लागेपछि विमान आकस्मिक अवतरणका लागि काठमाडोंको आकाशमा केहीबेर फन्को मारेको थियो। 

विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका प्राविधिक समस्या भएपछि फिर्ताका लागि ‘अप्रोच’ गरिएको थियो । 

बस्नेतले भने “विमानमा इन्जिन अन फायर देखिएको थियो । केहीबेर उडेपछि समस्या देखिएको र पाइलटले हाल कलकत्ता डाईभर्ट गरेका हुन्

एउटै इन्जिनले पनि उडान भर्न सक्ने र थप समस्या नदेखिएपछि कोलकातामा हाल सुरक्षित अवतरण गरिएको उनले बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077