Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सिंहदरबार आगजनीमा संलग्न आरोपमा एक युवक पक्राउ

सिंहदरबार आगजनीमा संलग्न आरोपमा एक युवक पक्राउ

बिहिवार , माघ २२, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलाउने कार्यक्रममा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई काठमाडौँबाट पक्राउ गरेको छ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते सिंहदरबार परिसरमा आगजनी भएको थियो। उक्त घटनामा संलग्न व्यक्तिहरूको खोजी गर्दै जिल्ला प्रहरी परिसर, काठमाडौँको टोलीले बिहीबार एक युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चितवनको चैरहनी नगरपालिका–९ घर भई हाल काठमाडौँ महानगरपालिका–२९, अनामनगरमा बस्दै आएका ३६ वर्षीय महेन्द्र गौतम रहेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार पक्राउ परेका गौतमलाई बिहीबार नै अदालतमा उपस्थित गराई पाँच दिन हिरासतमा राख्न अनुमति लिइएको छ।

एसपी भट्टराईले पक्राउ परेका गौतममाथि आपराधिक उपद्रव गर्न नहुने कसूर अन्तर्गत अनुसन्धान भइरहेको जानकारी दिए।

सिंहदरबार आगजनी घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी र अनुसन्धानलाई पनि प्रहरीले तीव्र बनाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077