Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टी-२० विश्वकप: पाकिस्तानविरुद्ध नेदरल्यान्ड्सले दियो १४८ रनको लक्ष्य

टी-२० विश्वकप: पाकिस्तानविरुद्ध नेदरल्यान्ड्सले दियो १४८ रनको लक्ष्य

शनिवार , माघ २४, २०८२

काठमाडौं। आईसीसी टी-२० विश्वकप २०२६ को पहिलो खेलमा नेदरल्यान्ड्सले पाकिस्तानविरुद्ध १४८ रनको लक्ष्य दिएको छ ।

शनिबार श्रीलंकाको कोलम्बोमा टस हारेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले १९.५ ओभरमा सबै विकेट गुमाएर १४७ रनको योगफल खडा गरेको हो । 

उसका लागि कप्तान स्कट इडवार्ड्सले ३७, बास डी लिडेले ३०, माइकल लेभिटले २४, कोलिन एकरम्यान २०, आर्यान दत्तले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान इडवार्ड्सले इनिङ सम्हालिरहेका थिए ।

उनी आउट भएपछि नेदरल्यान्ड्सको इनिङ ध्वस्त भयो । १७ औं ओभरमा नेदरल्यान्ड्सले दुई विकेट गुमायो । दुवै विकेट साइम अयुवले लिए ।

बलिङतर्फ पाकिस्तानका सलमान मिर्जाले तीन तथा साइम अयुव, मोहम्मद नवाज र अबरार अहमदले दुई–दुई विकेट लिँदा साहिन शाह अफ्रिदीले एक सफलता हात पारे ।

आजको अर्को खेलमा दिउँसो सवा तीन बजे वेस्ट इन्डिज र स्कटल्याण्ड इडेन गार्डेन्स्मा तथा बेलुका सवा ७ बजे आयोजक भारत र अमेरिकाबीच वानखेडे स्टेडियममा हुँदैछ ।

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077