Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आजको मौसम : तराईमा हुस्सु, पहाड र हिमालमा हिमपातको सम्भावना

आजको मौसम : तराईमा हुस्सु, पहाड र हिमालमा हिमपातको सम्भावना

सोमवार , माघ २६, २०८२

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ भने पहाडी भेगमा बादल देखिन थालेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अन्य स्थानमा भने मौसम सामान्यतया सफा नै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

सोमबार देशभरको मौसममा केही परिवर्तन आउने देखिएको छ। सुदूरपश्चिम प्रदेशसहित देशका अन्य पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ।

तराईका अधिकांश भू–भागमा भने बिहानीपख हुस्सु र कुहिरोको प्रभाव रहनेछ। जसका कारण जनजीवन र यातायातमा सामान्य असर पर्न सक्ने सम्भावना छ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077