Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आयल निगमले भन्यो - एलपी ग्यासको आयात र बिक्री नियमित, अनावश्यक भण्डारण नगर्नू

आयल निगमले भन्यो - एलपी ग्यासको आयात र बिक्री नियमित, अनावश्यक भण्डारण नगर्नू

सोमवार , माघ २६, २०८२

काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यासको अनावश्यक भण्डारण नगर्न आम उपभोक्तालाई अनुरोध गरेको छ।

निगमले सोमबार विज्ञप्ति जारी गर्दै एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित रूपमा भइरहेको जनाएको हो ।

निगमले उपभोक्तालाई तत्काल आवश्यक मात्रामा ग्यास खरिद गर्न आग्रह गर्दै आतंकित भई ग्यास थुपार्ने प्रवृत्ति नगर्न भनेको छ ।

'एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित भइरहेको हुँदा आम उपभोक्तालाई तत्काल आवश्यक मात्रामा ग्यासको खरिद गर्न एवं ग्यासको अनावश्यक भण्डारण नगर्न हार्दिक अनुरोध गर्दछौँ,' निगमले विज्ञप्तिमा उल्लेख गरेको छ।

निगमले आसन्न निर्वाचनलाई मध्यनजर गर्दै ग्यासको आयात अझ बढाइएको जानकारी दिएको छ।

निगमका अनुसार फेब्रुअरी महिनाको 'एलोकेसन'मा २ हजार मेट्रिकटन थप गरी ग्यास आयातको परिमाण बढाइएको हो ।

626409502_837454015983924_1634018755374457116_n-1770647867.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077