Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

रामेछाप बस दुर्घटना : मृतकमध्ये १० जनाको सनाखत

रामेछाप बस दुर्घटना : मृतकमध्ये १० जनाको सनाखत

मंगलवार , माघ २७, २०८२

रामेछाप । रामेछाप सदरमुकाम मन्थली नजिकै भएको यात्रुबाहक बस दुर्घटनामा ज्यान गुमाएका १२ जनामध्ये १० जनाको सनाखत गरिएको छ।

मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिंह धामीका अनुसार मृत्यु हुनेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का ३८ वर्षीय भीमबहादुर तामाङ, सोही वडाकी ३५ वर्षीया सानुमाया तामाङ, २६ वर्षीया रमिता तामाङ३१ वर्षीया तारा तामाङ रहेका छन्।

त्यस्तै लिखु तामाकोशी–४ की २२ वर्षीया बबी तामाङ२६ वर्षीय दीपेन्द्र बस्नेत, लिखु तामाकोशी–६ का दीपेश बस्नेत र लिखु–६ कै ४५ वर्षीया मानकुमारी बरुवाल, सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का ३४ वर्षीय शिव श्रेष्ठ तथा दोलखाको भीमेश्वर नगरपालिका–८ का ६० वर्षीय मानबहादुर तामाङ रहेको अस्पतालले जनाएको छ।

डा. धामीका अनुसार मृतक दुई जनाको सनाखत हुन बाँकी रहेको छ।

रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टका अनुसार दुर्घटनामा बस चालकसहित ८ जना घाइते भएका छन्। घाइतेको खुर्कोटस्थित शुभ जीवन अस्पताल, मन्थली अस्पतालतामाकोशी अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको र बसमा रहेका अन्य यात्रुको खोजतलास कार्य जारी रहेको जनाएको छ।

दुर्घटना आज बिहान काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस रामेछापको मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब १०० मिटर तल तामाकोशी नदीमा खस्दा भएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077