Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपाल–भारत सुरक्षा सहकार्यको सुदृढीकरणमा विशेषज्ञहरूबीच छलफल

नेपाल–भारत सुरक्षा सहकार्यको सुदृढीकरणमा विशेषज्ञहरूबीच छलफल

मंगलवार , माघ २७, २०८२

काठमाडौं । नेपाल इन्स्टिच्युट अफ इन्टरनेशनल कोअपरसन एण्ड एञ्जेजमेन्टले आयोजना गरेको ‘क्षेत्रीय सहनशीलताः नेपाल–भारत सुरक्षा सहयोगको सुदृढीकरण’ विषयक कार्यक्रममा नेपाल–भारत सम्बन्ध र सुरक्षा चुनौतीका सन्दर्भमा विशेषज्ञहरूले छलफल गरेका छन् ।

कार्यक्रममा भारतका प्रमुख सुरक्षा विशेषज्ञ, पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार, अनुसन्धानकर्ताहरू, साथै नेपालका सरकारी अधिकारी, सुरक्षा क्षेत्रका प्रतिनिधि र नागरिक समाजका अगुवा उपस्थित थिए।

भारतका वरिष्ठ सुरक्षा विशेषज्ञ युनाइटेड सर्विसेस इन्स्टिच्युट अफ इण्डियाका डाइरेक्टर लेफ्टिनेन्ट जनरल जसवंत सिंहले नेपालमा भारतीय सेनाको साहस र वीरता प्रशंसनीय भएको उल्लेख गर्दै नेपाली–भारतीय सहकार्यलाई थप मजबुत बनाउन सुझाव दिएका थिए।

उनले भने, 'असुरक्षा, प्रेरित युवा हिंसा र मानव पूँजीको दक्ष प्रयोगको अवसर मार्फत दुवै देशको सुरक्षा र सामाजिक विकासमा योगदान पुग्छ।'

पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार पंकज सरसाले नेपाल र भारतबीचको रणनीतिक सम्बन्ध र द्विपक्षीय सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जवाहरलाल नेहरू विश्वविद्यालय की प्राध्यापिका सुमित्रा ध्रुवालले नेपाल–भारत सम्बन्धमा विद्यमान सुरक्षा चुनौती र त्यसको समाधानमा शैक्षिक तथा नीति अनुसन्धानको भूमिका स्पष्ट पारेकी थिइन् ।

त्यस्तै, काउन्सिल फर स्ट्राटेजिक एण्ड डिफेन्स रिसर्चका सह–संस्थापक डा. गौरव सेनीले सीमा सुरक्षा, मानव तस्करी, साइबर सुरक्षा र जलवायु परिवर्तनका चुनौतीहरूलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्न आवश्यक रणनीतिहरू प्रस्तुत गरे।

राजनीतिक सुरक्षा विशेषज्ञ (सेवानिवृत्त) मेजर जनरल विनोज बसन्तले नेपालको निर्वाचन प्रणाली, रणनीतिक स्थिरता र लोकतान्त्रिक सुधारका सन्दर्भमा नेपाल–भारत सहयोगका सम्भावनाबारे व्याख्या गरेका थिए।

कार्यक्रमका संयोजक विवेक ध्रुवले भारतसँग उपनिवेशवादको भूत नभएको र नेपाल–भारत सम्बन्धमा सहकार्य, युवा सशक्तिकरण र साझा सुरक्षा चुनौती समाधानमा संयुक्त पहल आवश्यक रहेको सुझाव दिएका थिए।

एनआईआईसीईका निर्देशक सुमित्रा कार्कीले सुरक्षा, शैक्षिक र नीति तहमा सक्रिय अध्ययन, सहकार्य र विश्वास निर्माणको आवश्यकता औँल्याइन् ।

कार्यक्रमले नेपाल–भारत सुरक्षा सहकार्यमा विश्वास, रणनीतिक साझेदारी र क्षेत्रीय स्थिरतामाथि अन्तरक्रियात्मक बहस प्रस्तुत गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077