Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

हिमाली क्षेत्रमा पनि फागुन २१ मै निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की

हिमाली क्षेत्रमा पनि फागुन २१ मै निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की

बिहिवार , माघ २९, २०८२

सोलुखुम्बु । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै मतदान हुने बताएकी छिन्। 

बिहीबार प्रधानमन्त्री कार्कीले नाम्चे र सल्लरीमा निर्वाचन तयारीबारे सरोकारवालासँगको छलफलमा हिमाली जिल्लामा पनि फागुन २१ मै चुनाव हुने बताएकी हुन्। 

आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्ला सोलुखुम्बुको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री कार्की हेलिकोप्टरमार्फत प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावलका साथमा आजै नाम्चे पुगेकी थिइन् । 

जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौला, प्रमुख जिल्ला अधिकारी लीला केसी पाण्डे, मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल, प्रहरी नायब उपरीक्षक मनोजित कुँवरलगायतले निर्वाचन तयारी र जिल्लाको अवस्थाबारे जानकारी दिएका थिए। 

यसअघि हिमाली क्षेत्रमा हिउँ परेर मतदान समस्या उत्पन्न हुने देखिएकाले पहिलो चरणमै चुनाव हुनेमा आशंका उब्जिएको थियो।  

अहिलेसम्म जिल्लामा हिमपात नभएको र अन्य समयमा पनि फागुन तेस्रो सातातिर हिउँ नपरेको प्रमुख जिल्ला अधिकारी पोण्डेको ब्रिफिङपछि प्रधानमन्त्री कार्कीले चुनावमा शंका नगर्न आग्रह गरेकी छिन् । 

उनले सुरक्षाको दृष्टिकोणले पनि यसको प्रत्याभूति दिलाउन आफूहरु तम्तयार रहेको बताइन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077