Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

शुक्रवार , फाल्गुण १, २०८२

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा मध्यान्न सम्म हुस्सु तथा कुहिरो रहनेछ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बादल र बाँकी भूभागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएको छ ।

आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागमा  साधरणतया  बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077