Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

फेवातालमा भेटियो १८ राउण्ड गोली लोड भएको एसएलआर बन्दुक

फेवातालमा भेटियो १८ राउण्ड गोली लोड भएको एसएलआर बन्दुक

शुक्रवार , फाल्गुण १, २०८२

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले खिया लागेको अवस्थामा एसएलआर हतियार र त्यसमा लाग्ते १८ राउण्ड गोली बरामद गरेको छ । 

माघ २९ गते साँझको ५ बसेको समयमा पोखरा महानगरपालिका–१८ खपौदी स्थित फेवातालमा ४२ वर्षका कुमार जलारीले जालहानी माछामार्ने क्रममा जालमा आएको कास्की प्रहरीले जनाएको छ । 

जाल हान्ने क्रममा एसएलआर हतियार फेला परेको भन्ने सूचना प्राप्त हुनासाथ प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले उक्त हतियार फेला पारेको हो । 

मु वा १११ ९बट० नम्बर बडी नं।१३८१० लेखिएको एसएलआर हतियार १ थान र सोही हतियारमा लोड भएको १८ राउण्ड गोली सहितको १ थान म्यागजिन जाल हान्ने क्रममा अड्किएर आएको अवस्थामा  बरामद भएको कास्की प्रहरीले जनाएको छ । 

उक्त हतियार जेनजी आन्दोलनका बेला हराएको हुनसक्ने प्रहरीको आशंका छ । यद्यपी  यस बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077