Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

यी कारणले बालेन पनि बंगलादेशकी तास्निम झैँ भकुण्डो बन्न सक्छन्

यी कारणले बालेन पनि बंगलादेशकी तास्निम झैँ भकुण्डो बन्न सक्छन्

शनिवार , फाल्गुण २, २०८२

काठमाडौं ।  जेनजी विद्रोहपछि देशमा नयाँ राजनीतिक विकल्पको रूपमा उदाएको द नेशनल सिटिजन पार्टी (एनसीपी) बंगलादेशको संसदीय निर्वाचनमा अपेक्षित सफलता हासिल गर्न असफल भएको छ ।

३०० सदस्यीय प्रतिनिधिसभामा एनसीपीले जम्मा ६ सिट जित्दै आन्दोलनको ठूलो ऊर्जा मतमा रूपान्तरण गर्न नसकेको हो ।

शुक्रबार सार्वजनिक नतिजाअनुसार मतदाताले अत्यधिक रूपमा पुरानै दल बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) लाई समर्थन गरेका छन्।

बीएनपी यसअघि तीनपटक सरकारको नेतृत्व गरिसकेको अनुभवी दल हो । पछिल्लो पटक उसले सन् २००१ देखि २००६ सम्म शासन गरेको थियो ।

सन् २०२४ को आन्दोलनपछि उदाएको एनसीपी पार्टीमा युवानेतृ तास्निम जारा आवद्ध भइन् । बंगलादेशको राजधानी ढाका क्षेत्र नम्बर ९ बाट स्वतन्त्र उम्मेदवारी दिएकी उनी भकुण्डो चुनाव चिह्न लिएर मैदानमा उत्रेकी थिइन् ।

उनको सामाजिक सञ्जाल र आमसञ्चारमाध्यममको चर्चाले उनको जितको चर्चा थियो । तर, जारा पराजित भएकी छिन् । ३१ वर्षकी जारालाई उनी भन्दा पाका बीएनपी पार्टीका हाबिबुर रसिदले लाख भन्दा धेरै मत ल्याएर पराजित गरेका छन् । 

एनसीपीले पूर्वप्रधानमन्त्री शेख हसिना पतनपछि नयाँ राजनीतिक विकल्प का रूपमा आफूलाई प्रस्तुत गर्दै आएको थियो ।

तर विश्लेषकहरूका अनुसार निर्वाचनअघि पर्याप्त संगठन विस्तार र जनाधार निर्माण गर्न नसक्नु पार्टीको कमजोर प्रदर्शनको प्रमुख कारण बन्यो । यही अवस्था नेपालमा आउन सक्ने आकलन गर्न थालिएको छ ।

नेपालमा गत भदौँ २३ गते भएको जेनजी आन्दोलनले यहाँ पनि नयाँ दल उदाउने आकलन गरिएको छ । सोही अनुसार बालेन शाहसहित केही व्यक्तिहरु राजनीतिमा होमिएका छन् ।

बालेन रास्वपामा आवद्ध भएर चुनावमा होमिएका छन् । उनी झापा ५ बाट केपी शर्मा ओलीसँग भिड्दै छन् ।

तर उनीहरुको अवस्था पनि तास्निम जाराकै जस्तो हुने कतिपयको बुझाई छ । यही क्रममा कमिडियन मनोज गजुरेलले डिजिटल धोका भन्दै टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जालमा कटाक्ष गर्दै भनेका छन्, 'बंगालादेशकी तास्मिन जारालाई लाईक र फलो गर्ने ७५ लाख थिए, चुनाव चिन्ह थियो, भकुण्डो । तर, चिन्हमात्र होईन,  परिणाममा पनि भकुण्डो बनाईदिएछन् । यस्तो ‘धोखा’ जहाँ, जसलाई पनि हुनसक्छ ?'

कारण के होला ?

- फलोअर मध्ये धेरैजना विदेशमा भएकोले

- फलोअरको नाम मतदाता नामावलीमा नभएकोले 

- फलोअरलाई फलोब्याक नगरेकोले

- मतपत्रमा लाईक र फलो बटम नराखिएकोले 

- अन्य 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077