Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

धरानबाट नौ सय ५५ केजी गाँजासहित दुई जना पक्राउ

धरानबाट नौ सय ५५ केजी गाँजासहित दुई जना पक्राउ

मंगलवार , फाल्गुण ५, २०८२

सुनसरी । धरान उपमहानगरपालिका–२० बरडाँडाबाट ९५५ केजी गाँजासहित दुई जनालाई पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिषणबाबु राईको कमाण्डमा खटिएको प्रहरी टोलीले सोमबार राति धनकुटाबाट धरान आउँदै गरेका दुई वटा पिकअप गाडीजाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको थियो। 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बारा कोल्बी नगरपालिका–८ बस्ने सन्दीपकुमार माझीले चलाएको बागमती प्रदेश–०१–०२७च ११४३ नंको पिकअप गाडीबाट ४९५ केजी र चन्द्रागिरि नगरपालिका–८ बस्ने ३३ वर्षीय नगेन्द्रराज श्रेष्ठले चलाएको बीएसी ३२३६ नंको गाडीबाट ४६० केजी बरामद गरिएको हो । 

पक्राउ परेका दुवै जनालाई सवारीसाधनसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077