Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१९ किलो गाँजासहित युवक पक्राउ

१९ किलो गाँजासहित युवक पक्राउ

आइतवार , चैत्र २९, २०८२

सिरहा । सिरहाको जिरोमाइल क्षेत्रबाट १९ केजी गाँजासहित एक युवक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–९ निवासी राजेश दास रहेका छन्।

नेपालबाट भारततर्फ गाँजा तस्करी भइरहेको गोप्य सूचनाका आधारमा सुखिपुरबाट सशस्त्र प्रहरी निरीक्षक (सई) यादव खत्रीको नेतृत्वमा खटिएको टोलीले चेक गर्ने क्रममा मोटरसाइकलमा सवार दासलाई नियन्त्रणमा लिएको हो।

जाँचका क्रममा उनको साथबाट १९ केजी गाँजा फेला परेको सशस्त्र प्रहरी बल सिरहाका एसपी सुमनजंग थापाले जानकारी दिएका छन्।

प्रहरीका अनुसार दाससँगै तस्करीमा प्रयोग गरिएको अटो रिक्सा, मोटरसाइकल र नगद २५ हजार १०५ रुपैयाँ पनि बरामद गरिएको छ।

साथै, एउटा रेडमीको मोबाइल र करिब ११ तोला बराबरको चाँदीको ब्रासलेट समेत फेला परेको छ ।

पक्राउ परेका दासलाई आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077