Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

१०९ किलो गाँजासहित भारतीय कार प्रहरी नियन्त्रणमा

१०९ किलो गाँजासहित भारतीय कार प्रहरी नियन्त्रणमा

आइतवार , चैत्र १, २०८२

महोत्तरी। नेपाल प्रहरीले महोत्तरीबाट १०९ किलो गाँजासहित एक भारतीय नम्बर प्लेटको कारलाई नियन्त्रणमा लिएको छ।

शनिबार राति जिल्लाको रामगोपालपुर नगरपालिका–८ स्थित सहसौला चोकबाट  लुकाएर भारततिर लैजाँदै गरेको डिएल १ सीओ ५८६९ नम्बरको भारतीय कार नियन्त्रणमा लिइएको हो।

पूर्वपश्चिम लोकमार्ग हुँदै भारततर्फ गाँजा लैजाँदै गरेको गोप्य सूचनाको आधारमा लागु औषध ब्युरो र ईलाका प्रहरी कार्यालय रामगोपालपुरबाट खटिएको प्रहरी टोलीले गाँजासहित कार नियन्त्रणमा लिएको थियो।

कार चालक फरार रहेको प्रहरीको भनाइ छ। प्रहरीले बरामद गाँजा र कारलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077