Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

दुर्गा प्रसाईंलाई चारदिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईंलाई चारदिन हिरासतमा राख्न अनुमति

मंगलवार , फाल्गुण ५, २०८२

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अनुसन्धानका लागि चार दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको छ ।

भक्तपुरस्थित आफ्नै निवासबाट सोमबार राति पक्राउ परेका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंलाई जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार प्रशासन कार्यालयमा उपस्थित गराएको थियो। त्यसपछि प्रशासनले अनुसन्धानका लागि चार दिनको म्याद थप अनुमति दिएको हो।

प्रहरीका अनुसार प्रसाईंले निर्वाचनसम्बन्धी अफवाह फैलाएर शान्ति सुरक्षा बिगार्न सक्ने अवस्था सिर्जना गरेको आरोपमा सार्वजनिक शान्तिविरुद्धको कसूरमा पक्राउ गरिएको हो।

सोही मुद्दामा अनुसन्धान अघि बढाउन म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

प्रसाईंले पछिल्लो समय ‘फागुन २१ मा निर्वाचन हुँदैन’ भन्दै सार्वजनिक अभिव्यक्ति दिँदै हिँडेको बताइएको छ।

यसअघि पनि प्रसाईं विभिन्न कसुरमा पटक–पटक पक्राउ पर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077