Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति हो: गगन थापा

गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति हो: गगन थापा

बिहिवार , फाल्गुण ७, २०८२

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सङ्घीयता र गणतन्त्रसम्मको यात्राको जननी २००७ साल फागुन ७ को क्रान्ति भएको बताएका छन् ।

आज प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले काँग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिन भएको बताएका हुन् ।

विसं २००७ को ऐतिहासिक जनक्रान्तिले १०४ वर्ष लामो निरङ्कुश राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र स्थापना गरेको गौरवमय दिनका रूपमा उनले समस्त नेपालीमा शुभकामना समेत व्यक्त गरेका छन् । 

'कात्तिक २६, २००७ देखि प्रारम्भ भएको ऐतिहासिक जनक्रान्तिले केवल राजनीतिक परिवर्तन मात्र होइन रु आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिकलगायत हरेक क्षेत्रमा अग्रगामी मार्ग प्रशस्त गरेको थियो,' सभापति थापाले उल्लेख गरेका छन् ।

थापाले लोकतन्त्र स्थापना संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सम्पूर्ण सहीदहरुप्रति श्रद्धासुमन पनि अर्पण गरे ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077