Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

जस्तोसुकै रोग लागेपनि फ्रि हेल्थ केयरको व्यवस्था मिलाउँछौँ : गगन थापा

जस्तोसुकै रोग लागेपनि फ्रि हेल्थ केयरको व्यवस्था मिलाउँछौँ : गगन थापा

बिहिवार , फाल्गुण ७, २०८२

काठमाडौं। कांग्रेस सभापति गगनकुमार थापाले नागरिकको स्वास्थ्योपचार नि:शुल्क बनाउने बताएका छन्।

चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा थापाले नागरिकको स्वास्थ्योपचार राज्यको दायित्व भएको बताउँदै यसलाई निस्शुल्क बनाउने बताएका हुन्।

उनले भने- 'हामीले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रम अलपत्र पारिएको छ । अब यसलाई कसरी रन गर्ने भन्नेबारे हामीले सोचेका छौँ । कुनै पनि नेपालीले जस्तोसुकै रोग लाग्दा पनि फ्रि हेल्थ केयरको व्यवस्था मिलाउँछौँ ।  हरेक नागरिकले उपचारमा जतिसुकै खर्च लागोस्, राज्य छ भन्ने गर्व गरून् र ढुक्कसँग भन्न सकून्– गोजीमा बिमा कार्ड छ, मलाई केको डर छ।'

उनले कांग्रेसले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम अलपत्र पारिएको बताउँदै कुनै पनि नेपालीले जस्तोसुकै रोग लाग्दा पनि फ्री हेल्थ केयरको व्यवस्था मिलाउने बताए।

साथैै सभापति थापाले स्वास्थ्य बिमालाई राष्ट्रिय गौरवको कार्यक्रम बनाउने पनि बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077