Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यौन प्रकरणमा मुछिएका बेलायतका पूर्वराजकुमार एन्ड्रु पक्राउ

यौन प्रकरणमा मुछिएका बेलायतका पूर्वराजकुमार एन्ड्रु पक्राउ

बिहिवार , फाल्गुण ७, २०८२

एजेन्सी । बेलायतका पूर्वराजकुमार एन्ड्रुलाई व्यापार दूतका रूपमा कार्यरत रहँदा आर्थिक दुराचार गरेको आरोपमा प्रहरीले बिहीबार पक्राउ गरेको छ।

जेफ्री एप्स्टिनसम्बन्धी फाइलबाट सार्वजनिक भएका नयाँ विवरणपछि अनुसन्धान तीव्र बनाउँदै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

बेलायतको आधुनिक इतिहासमा राजपरिवारका सदस्य पक्राउ परेको यो पहिलो घटना भएको बताइएको छ।

थेम्स भ्याली प्रहरीले विज्ञप्ति जारी गर्दै आज नोरफोकका ६० वर्ष नाघेका एक पुरुषलाई सार्वजनिक पदमा दुराचार गरेको आशंकामा पक्राउ गरिएको जनाएको छ। बेलायतमा प्रचलित कानुनी अभ्यासअनुसार प्रहरीले पक्राउ परेकाको नाम सार्वजनिक गरेको छैन।

प्रहरीका अनुसार पूर्वी इङ्ग्ल्यान्ड र लन्डनको पश्चिम क्षेत्रमा रहेका दुई सम्पत्तिमा खोजतलास भइरहेको छ। ती व्यक्ति हाल प्रहरी हिरासतमा रहेको पुष्टि गरिएको छ।

बेलायती सञ्चारमाध्यमले सार्वजनिक गरेका तस्वीरहरूमा राजा चार्ल्स तृतीयको स्यान्ड्रिङ्घाम इस्टेटमा बिहीबार बिहान चिन्ह नलगाइएका सवारीसाधन पुगेको देखिन्छ। एन्ड्रु यसै महिना त्यहाँ सरेका थिए।

गत साता सार्वजनिक विवरणअनुसार, एन्ड्रुले व्यापार दूतका रूपमा रहँदा दोषी ठहरिएका अमेरिकी यौन अपराधी जेफ्री एप्स्टिनलाई सम्भावित गोप्य कागजात पठाएको संकेत भेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077