काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
आज सुन तोलामा तीन लाख चार हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर तोलामा ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदी तोलामा ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।