Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गगन थापाले भने- अब उखु किसानको समस्या समाधान गर्ने मेरो जिम्मा हो

गगन थापाले भने- अब उखु किसानको समस्या समाधान गर्ने मेरो जिम्मा हो

शनिवार , फाल्गुण ९, २०८२

सर्लाही। नेपाली कांग्रेसका सभापति गगन थापाले उखु किसानको समस्या समाधान गर्ने बताएका छन् ।

सर्लाही–४ अन्तर्गत पर्ने भगवतीपुर र सिमरामा घरदैलोका क्रम उनले यस्तो बताएका हुन् । 

सभापति थापाले भने- 'काठमाडौं गएर प्रधानमन्त्रीलाई भेटेर उखुको विषयमा मैले कुरा गरिसकेको छु, प्रधानमन्त्रीले काम गर्दै हुनुहुन्छ होला, अब उखुको समस्या मेरो जिम्मा हो।'

सर्लाही क्षेत्र नम्बर ४ लाई मधेसको ‘एक नम्बर क्षेत्र’ बनाउने प्रतिबद्धता दोहोर्‍याउँदै थापाले आफ्नो निर्वाचन क्षेत्रमा विकासका कार्य अघि बढाएको जानकारी दिए । 

थापाले मतदातासँग काम गर्ने मौका माग्दै भने- 'मलाइ काम गर्ने मौका दिनुपर्छ, म काम गर्छु भनेर मत माग्न आएको हुँ, २१ गतेसम्म मेरो लागि हिँडिदिनुस, २१ गतेपछि तपाईँहरूको जिम्मा म लिन्छु ।'

उनले उक्त क्षेत्रमा इन्जिनियरिङ कलेज खोल्ने निर्णय भइसकेको र किड्नी उपचार केन्द्र पनि सर्लाही–४ मा स्थापना हुने निर्णय भइसकेको बताए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077