Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सशस्त्र प्रहरीले निर्वाचन सुरक्षामा २३ एसएसपी खटाउने

सशस्त्र प्रहरीले निर्वाचन सुरक्षामा २३ एसएसपी खटाउने

आइतवार , फाल्गुण १०, २०८२

काठमाडौं । आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित सशस्त्र प्रहरी बल, नेपाल ले २३ जना सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई निर्वाचन सुरक्षा अनुगमनका लागि खटाउने निर्णय गरेको छ।

सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टका अनुसार ती एसएसपीहरू सोमबारदेखि आ–आफ्नो कार्यक्षेत्रमा परिचालित हुनेछन् ।

उनीहरूलाई प्रधान कार्यालय तथा प्रदेशस्थित बाहिनी मुख्यालयबाट खटिन लागिएको हो ।

आइतबार भर्चुअल माध्यमबाट आयोजित निर्देशन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल ले निर्वाचन सुरक्षासम्बन्धी विशेष निर्देशन दिएका छन्।

उनले निर्वाचनअघि, मतदानको दिन र निर्वाचनपछिको अवधिमा उत्पन्न हुन सक्ने जुनसुकै चुनौतीपूर्ण परिस्थितिको सामना गर्न उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077