Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

यस्तो छ बालेन शाहको वाचा पत्र [पूर्णपाठ]

यस्तो छ बालेन शाहको वाचा पत्र [पूर्णपाठ]

सोमवार , फाल्गुण ११, २०८२

काठमाडौं । बालेन शाहले प्रतिनिधिसभा सदस्यका लागि झापा–५ बाट उम्मेदवारी दिएका बीच आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्। उनले घोषणापत्रलाई ‘झापा–५ वाचा पत्र’ नाम दिएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेतासमेत रहेका बालेनले संघीय सांसदको हैसियतले पाँच वर्षभित्र गर्ने कामहरूको विस्तृत प्रतिबद्धता वाचा पत्रमार्फत सार्वजनिक गरेका हुन् ।

‘मेरो प्रतिबद्धता’ शीर्षकअन्तर्गत उनले शिक्षा, पूर्वाधार, कृषि तथा रोजगारी, महिला तथा बालबालिका, पर्यटन तथा उद्योग क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेका छन्।

खेलकुद, स्वास्थ्य, भूमि व्यवस्थापन, वातावरण संरक्षण, सुशासन तथा कला–संस्कृतिको प्रवर्द्धनका विषयमा पनि उनले बुँदागत योजना उल्लेख गरेका छन्।

गरिब तथा विपन्न परिवारका बालबालिकाले गुणस्तरीय शिक्षा पाउनु पर्ने अधिकार व्यवहारमै सुनिश्चित गरिने उनले प्रतिबद्धता जनाएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077