Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतीय वायुसेनाको तेजस जेट धावनमार्गबाट चिप्लियो, 'ब्रेक फेल' भएको दाबी

भारतीय वायुसेनाको तेजस जेट धावनमार्गबाट चिप्लियो, 'ब्रेक फेल' भएको दाबी

सोमवार , फाल्गुण ११, २०८२

एजेन्सी । भारतीय वायुसेनाको हल्का लडाकु विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको घटना सार्वजनिक भएको छ । समाचार एजेन्सीले स्रोतलाई उद्धृत गर्दै फेब्रुअरी ७ मा भएको उक्त घटना अहिले सार्वजनिक भएको जनाएको हो ।

प्रारम्भिक अनुसन्धानअनुसार अवतरणका बेला ब्रेक प्रणालीमा समस्या आएपछि विमान धावनमार्ग छाडेर बाहिर गएको देखिएको छ ।

प्रशिक्षण उडान सकेर एयरबेसमा फर्किँदै गर्दा पाइलटले अवतरणपछि ब्रेक लगाउने प्रयास गरेका थिए। तर ब्रेक फेल हुँदा विमान धावनमार्गबाट बाहिर गएको स्रोतको दाबी छ।

पाइलट भने दुर्घटना हुनुअघि सुरक्षित रूपमा बाहिर निस्कन सफल भएका छन्। विमानमा क्षति पुगेको बताइएको छ। दुर्घटना भएको एयरबेसको नाम भने सार्वजनिक गरिएको छैन। घटनाबारे भारतीय वायुसेनाले औपचारिक प्रतिक्रिया दिएको छैन।

घटनापछि भारतीय वायुसेनाले करिब ३० वटा सिंगल–सिट तेजस जेटको सम्पूर्ण फ्लिटलाई प्राविधिक निरीक्षणका लागि अस्थायी रूपमा ग्राउन्डेड गरेको स्रोतले जनाएको छ। अनुसन्धान पूरा नभएसम्म ती विमानहरू उडानमा नराखिने बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077