Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

दुर्गा प्रसाईँ प्रकरणमा सक्कल फाइल झिकाउन सर्वोच्चको निर्देशन

दुर्गा प्रसाईँ प्रकरणमा सक्कल फाइल झिकाउन सर्वोच्चको निर्देशन

सोमवार , फाल्गुण ११, २०८२

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि सुनुवाइ गर्दै सम्बन्धित निकायबाट सक्कल फाइल झिकाउन आदेश दिएको छ।

न्यायाधीशद्वय डा. नहकुल सुवेदीमेघराज पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताको कार्यालयमार्फत फाइल पेश गर्न निर्देशन दिएको हो।

प्रसाईँका तर्फबाट दायर गरिएको रिटमाथि सुनुवाइका क्रममा जिल्ला प्रहरी परिसर काठमाडौंले पेश गरेको लिखित जवाफका आधारमा अदालतले थप कागजात माग गर्ने निर्णय गरेको हो ।

अदालतको आदेशमा उल्लेख छ कि जिल्ला प्रहरी परिसर काठमाडौंको लिखित जवाफअनुसार निर्वाचन आयोग को मिति २०८२/११/०४ को पत्रका आधारमा अनुसन्धान तथा कारबाहीका लागि निवेदकलाई पक्राउ गरिएको खुलेको छ।

इजलासले सो आयोगले गरेको निर्णयसहित अनुसन्धान सम्बन्धी सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउन आदेश दिएको हो ।

अदालतले उक्त विवादमा आगामी मंगलबारका लागि पेशी तोकेको छ। त्यसअघि आयोगको पत्र, निर्णय र अनुसन्धान प्रक्रिया सम्बन्धी सम्पूर्ण फाइल अदालतमा पेश गर्नुपर्नेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077