Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

नवलपरासी जिल्ला सभापति महेन्द्रसिंह ठकुरीले पनि छाडे रास्वपा, कांग्रेस प्रवेश

नवलपरासी जिल्ला सभापति महेन्द्रसिंह ठकुरीले पनि छाडे रास्वपा, कांग्रेस प्रवेश

बिहिवार , फाल्गुण १४, २०८२

नवलपरासी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाड्ने नेता-कार्यकर्ताको लहर नै चलिरहेको बेला नवलपरासी जिल्लाका रास्वपा सभापति महेन्द्रसिंह ठकुरी पनि सो पार्टीबाट अलग भएका छन् ।

प्रतिनिधिसभा निर्वाचनको एक साता बाँकी रहँदा बिहीबार रास्वपा छाडेका हुन् । 

रास्वपा छाडे लगत्तै उनी नवलपरासी बर्दस्थित चौपतामा भएको कांग्रेसको चुनावी सभामा ठकुरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले ठकुरीलाई पार्टी प्रवेश गराएका हुन् । उनले ठकुरीलाई खादामालाले स्वागत गरे ।

यसअघि आजै रास्वपा कास्कीका नेता राजु राईले पनि राजनीति इमानदारले मान्छे गर्ने काम नभएको भन्दै पार्टी छाडेको घोषणा गरेका छन् ।

ठकुरीले कागजी बाघ रास्वपा छोडेर असली बाघ कांग्रेस रोजेको समेत बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077