Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

नयाँ पार्टी विकल्प होइन, स्थिरताका लागि कांग्रेस अपरिहार्य : प्रकाशशरण महत

नयाँ पार्टी विकल्प होइन, स्थिरताका लागि कांग्रेस अपरिहार्य : प्रकाशशरण महत

शनिवार , फाल्गुण १६, २०८२

काठमाडौं ।नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले नयाँ भनेर उदाएका राजनीतिक दलहरू स्पष्ट मिसन र भिजनविहीन भएकाले देशका लागि ठोस विकल्प बन्न नसक्ने बताएका छन्।

शनिबार नुवाकोट क्षेत्र नम्बर १ अन्तर्गत खरानीटारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्रलाई संस्थागत गर्न र मुलुकमा स्थिरता कायम गर्न नेपाली कांग्रेसलाई अत्यधिक बहुमतका साथ संसदमा पुर्‍याउन आवश्यक रहेको दाबी गरेका हुन् ।

नुवाकोट–१ का उम्मेदवारसमेत रहेका महतले देशलाई स्पष्ट मार्गदर्शन दिन अन्य दुई ठूला पुराना दल पनि असफल भइसकेको उल्लेख गरे।

उनले आगामी निर्वाचनमा कांग्रेसलाई जिताएर स्थिर सरकार निर्माण गर्न मतदातासँग आग्रह गरे।

उनले उत्तेजक अभिव्यक्ति र तितो आलोचनाले राष्ट्र बलियो नबन्ने उल्लेख गर्दै संयमित राजनीतिक संस्कार आवश्यक रहेको बताए।

'कम बोलेर राष्ट्रलाई जोगाउन, बलियो बनाउन र मित्रराष्ट्रबाट सहयोग सुनिश्चित गर्नुपर्छ,' उनले भने।

कांग्रेसभित्र बहस र विवाद स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै महतले समाधान निकाल्ने क्षमता पनि कांग्रेसमै रहेको जिकिर गरे।

विशेष महाधिवेशनबाट नेतृत्व चयन भइसकेको अवस्थामा त्यसलाई अस्वीकार गर्ने बहस पार्टीभित्र नरहेको उनले स्पष्ट पारे।

पार्टीभित्रका छलफल र मुद्दाहरू टुंग्याएर एकीकृत ढंगले अघि बढ्ने वातावरण बनेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077