Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रामकुमारीको प्रश्न - बीबीसीको डकुमेन्ट्रीमा दलाई लामाका टिओबी अनुयायीहरुलाई किन देखाइएन ?

रामकुमारीको प्रश्न - बीबीसीको डकुमेन्ट्रीमा दलाई लामाका टिओबी अनुयायीहरुलाई किन देखाइएन ?

शनिवार , फाल्गुण १६, २०८२

काठमाडौं। नेकपा एमालेकी नेतृ राम कुमारी झाँक्रीले बीबीसीको एक डकुमेन्ट्रीप्रति आपत्ति जनाउँदै त्यसलाई ‘एकपक्षीय र भ्रामक’ सामग्रीको संज्ञा दिएकी छन् ।

सामाजिक सञ्जालमार्फत शनिबार राति उनले उक्त डकुमेन्ट्रीले घटनाको सम्पूर्ण पक्ष नदेखाई गोली चलेको दृश्य मात्र प्रस्तुत गरेको आरोप लगाएकी हुन् ।

झाक्रीले अनुसार प्रदर्शनका क्रममा भएका अन्य गतिविधि प्रहरीमाथि ढुंगामुढा प्रहार, कर्फ्यूपछि घर फर्कन गरिएको माइकिङ, तथा कथित रूपमा उक्साहटमा संलग्न समूहहरूको गतिविधि डकुमेन्ट्रीमा समेटिएको छैन ।

'टिओबी टिसर्ट लगाएका दलाई लामाका अनुयायीहरूको लाभालस्कर सशस्त्र ग्याङ त्यो डकुमेन्ट्रीमा देखिएको छैन,' उनले भनिन्, 'पानी खुवाउने नाममा भिडलाई उक्साउँदै बुलेट बाईक पड्काउदै  हिँडिरहेका नकापधारी बारबारा फाउण्डेशनका मानिसहरू पनि डकुमेन्ट्रीमा देखिएका छैनन् ।'

उनका अनुसार यसले नेपालको सुरक्षा संयन्त्रलाई कमजोर र निकम्मा सावित गर्ने प्रयास गरेको देखिन्छ । झाँक्रीले भाद्र २३ र २४ का घटनाबारे निष्पक्ष अनुसन्धान हुनुपर्ने उल्लेख गर्दै त्यो नेपालकै आन्तरिक विषय भएको बताएकी छन् ।

तर उनले डकुमेन्ट्रीले 'वास्तविक दोषीलाई जोगाउने र सुरक्षा निकायमाथि प्रश्न उठाउने उद्देश्य' बोकेको आरोप लगाएकी छन्।

उनले केही विदेशी शक्ति र ‘डीप स्टेट’को प्रभावबारे पनि संकेत गर्दै यस्ता सामग्रीहरू निर्वाचन प्रभावित गर्ने उद्देश्यबाट आउन सक्ने दाबी गरेकी छन्। यद्यपि, यी आरोपहरू स्वतन्त्र रूपमा पुष्टि भएका छैनन् ।

झाँक्रीले वर्तमान अन्तर्राष्ट्रिय परिस्थितितर्फ संकेत गर्दै एशिया शक्ति, स्रोत र सामर्थ्यको केन्द्र बन्दै गएको बताएकी छन् ।

अफगानिस्तान र पाकिस्तान वरपरको तनाव उल्लेख गर्दै उनले भूराजनीतिक सन्तुलन कायम राख्न परिपक्व र जिम्मेवार नेतृत्व आवश्यक रहेको धारणा राखेकी छन्।

उनले 'जेलेन्स्कीकरण' जस्ता अभिव्यक्तिबाट देशलाई बाह्य शक्तिको प्रतिस्पर्धाको मैदान बन्न नदिनुपर्ने संकेत गरेकी छन् ।

उनका अनुसार भावनामा बहकिएर निर्णय गर्नु भन्दा राष्ट्रिय हित, स्थायित्व र सन्तुलित कूटनीतिलाई प्राथमिकता दिनुपर्ने समय आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077