Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

आज झापामा बालेनको ‘रोड सो’

आज झापामा बालेनको ‘रोड सो’

आइतवार , फाल्गुण १७, २०८२

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार झापाकेन्द्रित चुनावी अभियान ‘रोड सो’ सञ्चालन गर्दै छ ।

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा झापाका ४ वटा निर्वाचन क्षेत्र १, २, ३ र ४ मा रोड सो गरिने भएको हो । 

बालेन बिहान ९ बजे चन्द्रगढी विमानस्थलमा अवतरण गरी काँकडभिट्टा जानेछन् ।

त्यहाँबाट बाहुनडाँगी, बुद्धशान्ति, जयपुर, शनिश्चरे बजार, बिर्तामोड, बिर्ताबजार, गोलधाप, बाह्रदशी, पृथ्वीनगर, शरणामती, झापा गाउँपालिका, सुरुंगा बजार हुँदै दमक पुग्ने तालिका रहेको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077