Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बिदामा पनि नेपाल आयल निगमका डिपो खुल्ला रहने

बिदामा पनि नेपाल आयल निगमका डिपो खुल्ला रहने

आइतवार , फाल्गुण १७, २०८२

काठमाडौं। नेपाल आयल निगमले बिदाका दिनमा पनि डिपो खुल्ने जनाएको छ।

निगमले आज एक सुचना जारी गर्दै निर्वाचन बिदाको अवधिभर पेट्रोलिमय पदार्थको सहज आपूर्ति तथा वितरणका लागि प्रादेशिक कार्यालय र डिपोरशाखा कार्यालयहरू खुला रहने जनाएको हो। 

निगमका अनुसार बिदाका दिनमा देशभरका ११ वटा डिपो खुला रहनेछन्।

मधेस प्रादेशिक कार्यालय अमलेखगन्ज‚ इन्धन डिपो धनुषाको महेन्द्रनगर‚ बागमती प्रादेशिक कार्यालय थानकोट‚ गण्डकी प्रादेशिक कार्यालय पोखरा‚ लुम्बिनी प्रादेशिक कार्यालय भैरहवा‚ इन्धन डिपो नेपालगन्ज‚ कर्णाली प्रादेशिक कार्यालय सुर्खेत‚ सुदूरपश्चिम प्रादेशिक कार्यालय धनगढी‚ शाखा कार्यालय चारआली झापा र शाखा कार्यालय वीरगन्ज खुला रहने निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए।

साथै निगमको थानकोट डिपोबाट मिति १८ फागुनको बिदाको दिनमा पनि पेट्रोलियम पदार्थको बिक्री वितरण गरिने छ ।

 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077