Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

दोलखामा चुनाव गराउने जिम्मेवारी एसएसपी राठौरलाई

दोलखामा चुनाव गराउने जिम्मेवारी एसएसपी राठौरलाई

आइतवार , फाल्गुण १७, २०८२

काठमाडौं । निर्वाचन सुरक्षामा संवेदनशील जिल्लाका रुपमा विश्लेषण गरिएको दोलखामा प्रहरी प्रधान कार्यालयले एसएसपी सोमेन्द्रसिंह राठौरलाई खटाएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयमा कार्यरत राठौरलाई चुनौतीपूर्ण जिल्लाको नेतृत्व दिएर खटाइएको हो। 

यसअघिका निर्वाचनमा हरेक पटक दोलखामा झडप हुने तथा बुथ कब्जाको प्रयास हुने गरेका छन्। सोहीकारण गृह मन्त्रालयले दोलखाको सुरक्षालाई चुनौतीपूर्ण भनेर विश्लेषण गरेको छ।

फिल्डमा ‘दबंग’ शैलीका अधिकृतका रुपमा पहिचान बनाएका राठौरलाई दोलखामा शान्तिपूर्ण रुपमा निर्वाचन गराउने जिम्मेवारी दिएर खटाइएको छ। 

सामान्यतया पहाडी जिल्लामा एसपीलाई खटाउने गरिएकोमा दोलखामा भने एसएसपीलाई खटाइएको छ। एसएसपी राठौर दोलखा पुगेर चुनावी सुरक्षाको नेतृत्व सम्हालिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077