Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गर्ने व्यक्ति पक्राउ

सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेषण गर्ने व्यक्ति पक्राउ

आइतवार , फाल्गुण १७, २०८२

काठमाडौं । सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार टिकटकमा ‘झापामा बालेन साहमाथि गोली प्रहार’ भएको भनी आधारहीन र भ्रामक सूचना पोस्ट गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ घर भएका २३ वर्षीय प्रकाश भट्ट रहेका छन्।

उनलाई काठमाडौं महानगरपालिका–५ डबली चोकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले भट्टमाथि विद्युतीय माध्यमबाट गलत तथा भ्रामक सूचना प्रवाह गरी सामाजिक अशान्ति फैलाउने प्रयास गरेको आरोप लगाएको छ।

अदालतबाट पाँच दिनको म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077