Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

मोरङमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाद्वारा डिस्पोज

मोरङमा भेटिएको शंकास्पद बस्तु नेपाली सेनाद्वारा डिस्पोज

मंगलवार , फाल्गुण १९, २०८२

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–स्थित डाफे चोकमा शंकास्पद वस्तु फेला परेपछि केहीबेर क्षेत्र तनावग्रस्त बनेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङअगाडि भेटिएको उक्त वस्तुबारे जानकारी पाएलगत्तै सुरक्षा निकाय सतर्क बनेका थिए ।

नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर विशेष सुरक्षा सावधानी अपनाउँदै वस्तुलाई ठूलो आवाजसहित सुरक्षित रूपमा निष्क्रिय (डिस्पोज) गरेको जनाएको छ।

घटनाका कारण डाफे चोक र आसपासका क्षेत्रमा केही समय सवारी आवागमन रोकिएको थियो भने सर्वसाधारणलाई सुरक्षित दूरीमा राखिएको थियो।

सुरक्षा निकायले उक्त वस्तुको प्रकृति र कसले राखेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077