Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नयाँबानेश्वरमा टिपरको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु

नयाँबानेश्वरमा टिपरको ठक्करबाट सरकारी कर्मचारीको मृत्यु

मंगलवार , फाल्गुण १९, २०८२

काठमाडौं । नयाँबानेश्वरस्थित सिभिल अस्पतालअगाडि टिपरको ठक्करबाट एक जना सरकारी कर्मचारीको मृत्यु भएको छ । 

प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी नम्बरको स्कुटरमा सवार बद्री कोइराला आज बिहान ८ः४५ बजे बा.२ क ३२२९ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट गम्भिर घाइते भएका उनको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ४८ वर्षीय कोइराला रहेका छन् ।

काठमाडौं प्रहरी परिसरले कोइराला नायब सुब्बा पदका कर्मचारी भएको जनाएको छ । 

टिपर चालक गोरखाको भूमिचोक घर भई हाल काठमाडौंको पेप्सीकोला बस्ने २६ वर्षीय विकास थापामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077