Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

मंगलवार , फाल्गुण १९, २०८२

धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा उम्मेदवार बनेका किशोरी साह (कमल)को उम्म्देवारी खारेज गरिएको छ । 

बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको प्रमाण पुगेपछि धनुषा क्षेत्र नम्बर १ का उम्मेदवार साहको उम्मेदवारी खारेज गरिएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले जानकारी दिए । किशोरीको २०८० मा नै कालोसूचीमा रहेको उजुरी परेको थियो ।

आयोगले आवश्यक अनुसन्धान गरी कमल निर्माण सेवा प्रालिका शेयरधनी रहेका किशोरी विभिन्न मितिमा एकल र संयुक्त रुपमा समेत चेक बाउन्ससम्बन्धी कालो सूचीमा परेको प्रमाण पुगेपछि उनको उम्मेदवारी नै खारेज गरिएको हो ।

उनी २०७४ सालमा नेकपा एमालेबाट धनुषा १ ९१० बाट मधेस प्रदेश सभाको सदस्यमा निर्वाचित भएका थिए। २०७९ मा एमालेले टिकट नदिएपछि उनी सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गर्दै चुनाव पनि लडे पनि उनी पारजीत भएका थिए।

अहिले रास्वपाबाट टिकट पाएर चुनावमा होमिएको भए पनि मतदानको दुई दिन अघि उम्मेदवारी खारेज भएको हो।

फागुन २१ गते बिहीबार प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । रास्वपाको प्रत्यक्षतर्फ १६५ वटा निर्वाचन क्षेत्र मध्ये अब १६३ सिट मात्रै कायम छन् । मनाङमा रास्वपाको उम्मेदवारी नै परेका थिएन ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077