Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

किशोरी साहको उम्मेदवारी खारेजीविरुद्धको मुद्दा हेर्न नमिल्नेमा, आइतबारलाई पेशी

किशोरी साहको उम्मेदवारी खारेजीविरुद्धको मुद्दा हेर्न नमिल्नेमा, आइतबारलाई पेशी

शुक्रवार , फाल्गुण २९, २०८२

काठमाडौं । धनुषा क्षेत्र न १ मा उम्मेदवारी खारेज भएका रास्वपा उम्मेदवार किशोरी साह कमलको मुद्दा हेर्न नमिल्नेमा परेको छ। 

शुक्रबार न्यायाधीश सारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएपनि हेर्न नमिल्नेमा परेको हो। 

धनुषा–१ मा रास्वपाका तर्फबाट उम्मेदवार बनेका साह कालो सूचीमा परेको उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो।

उम्मेदवारी खारेज गरे पनि उनको चिन्हमा २० हजारभन्दा बढी मत परेपछि बुधबार उनले आफ्नो उम्मेदवारी कायम राख्न माग गर्दै सर्वोच्चमा रिट दिएका थिए। साहले नेपाल राष्ट्र बैंक, कर्जा सूचना केन्द्र, निर्वाचन आयोग र जिल्ला निर्वाचन कार्यालय धनुषालाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए।

त्यसमाथि सुनुवाइ गर्दै बिहीबार न्यायाधीश शारङ्गा सुवेदीको इजलासले कालो सूचीबाट हटाउन अन्तरिम आदेश दिएको थियो ।

उनको उम्मेदवारी खारेज र अर्का उम्मेदवार विजयी घोषित विषयमा परेको अर्को रिटको सुनुवाइका लागि शुक्रबार पेशी तोकिएको थियो ।

आज सुनुवाइका लागि पेशी तोकिएपनि न्यायाधीश सुवेदीले बिहीबार एकल इजलासबाट सुनुवाइ गर्दै कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेका कारण मुद्दा हेर्न नमिल्नेमा परेको हो। अब अर्को पेशी चैत १ गते आइतबारका लागि तोकिएको छ। 

यता साहको उम्मेदवारी खारेज भएपछि निर्वाचन आयोगले ढिलो गरी बाँकी उम्मेदवारमध्ये सबैभन्दा बढी मत ल्याउने नेकपाका मातृका यादवलाई प्रमाणपत्र दिएको छ। उनले १० हजार ४३० मत ल्याएर निर्वाचित भएको आयोगले जनाएको छ।  बिहीबार सर्वोच्चले अन्तरिम आदेश दिएसँगै धनुषा–१ को निर्वाचन परिणाम थप विवादमा पर्ने देखिन्छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077